भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो ।
स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी...
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा एउटा पुस्तक पत्रकारहरुको हातमा थमायो कोभिड १९ महामारी र हाम्रा प्रयासहरू । यो पुस्तकको प्रकाशक रहेको छ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । अनि मुद्रणको काम चाहिँ गरेका रहेछन् महेन्द्र श्रेष्ठ ।...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा युवा–विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
शनिबार बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्याली गरेका हुन् । माइतीघर–जमल–बालुवाटार साइलक र्याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।
सात सय पाँचजना...
भक्तपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखाका प्रहरी जवान रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।
संक्रमित ३२ वर्षिय प्रहरी जवान सञ्चार शाखाका कार्यरत रहेको प्रधानले बताए।...
भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले प्रदेशखबरलाई जानकारी दिएको छ ।
मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।...
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।
अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी...
अनामनगर सिन्धुलीका ४५ वर्षीय लक्ष्मण तामाङले आफुले पुर्नजीवन पाउँछु भनेर साचेकै थिएनन्, अर्थात उनले आफ्नो जीवननैं समाप्त भइसकेको भन्दै आफ्ना छोराछोरीलाई सत्मार्गमा लाग्न पटक पटक संझाइसकेका थिए । तर अचानक यस्तो अबस्था आयो कि उनले फेरी नयाँ जीवन पाए...