पार्टीको विधि, पद्धति, निर्णयको पालना र कार्यान्वयन गरौँ : प्रवक्ता श्रेष्ठ

नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशः फोटो प्रदेशखबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् ।

पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताएका हुन् । पार्टी प्रवक्ता श्रेष्ठले बैठक बसेर सबै पक्षहरुका बारेमा खुला छलफल गर्न र सकारात्मक निष्कर्ष निकाल्न पनि आग्रह गरेका छन् ।

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान पनि नदिने र कसैको हित पनि नगर्ने उनको भनाइ छ । पार्टी एकता रक्षाको लागि सबैबाट इमान्दार प्रतिवद्धता भए पुग्ने भन्दै उन पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्न पनि अपिल नारायणकाजी श्रेष्ठको छ ।