नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिकाका संयोजक शिव बराल, सन्तोष खड्का र प्रदीप खड्कालाई गएराती अपराधिक समूहले ज्यान मार्ने उदेश्यले आक्रमणगरी संख्त घाइते बनाएका छन् ।

धारिलो हतियार र रड बोकेका ती समूहले बरालसहित तीनै जनालाई अन्धाधुन्ध प्रहार गरी ज्यान मार्ने प्रयाश गरेको र घाइते बराललाई थप उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको र यो समाचार तयार पार्दासम्म सोही अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

घाइतेहरुको स्वास्थ्य अबस्था गंभीर रहेपछि परिवारजनले आक्रमणकारीहरुलाई पक्राउगरी कानूनी कारबाही गर्न मागगर्दै किटानी जाहेरी दर्ता गराएको थाहा लागेको छ ।
राष्ट्रिय युवा संघ सिन्धुलीका सह संयोजक देवराज वाइवाले प्रदेशखबरसँग कुराकानीगर्दै आफ्ना सहकर्मीहरुमाथि अपराधिक समूहबाट भएको आक्रमणको निन्दागर्दै दोषीमाथी कडा कारबाही गर्न माग गरेका छन् । उनले घटनामा संलग्नमाथि स्थानीय प्रशासनले कारबाही नगरे त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी पनि स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिएकाछन् ।