सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।
घरमा ल्याइएका बिकलाई स्वास प्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले शनिवार राती ९ः३० बजे पुनः सिन्धुली अस्पतालमा लगेका थिए । आइतवार सँझ ५ बजे उनको कोरोना रिपोर्ट पोजेटिभ आएको र साँझ ६ः३० बजे उनको मृत्यु भएको सिन्धुली अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने बिक सिन्धुलीको पहिलो व्यक्ति हुन् । मृत बिकको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सेना र प्रहरीका बीचमा छलफल भइरहेको सुरक्षा स्रोतले प्रदेशखवरलाई जानकारी दिए ।










