प्रदेश न. २

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबासको किसान नगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो । पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा...
सिरहामा फेला परेका कोरोना संक्रमित वैदेशिक रोजगारबाट घर फर्केका खुलेको छ। सिरहामा पहिलो संक्रमितको रुपमा फेला परेका सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाहीका ३० वर्षीय पुरुष गत फागुन २८ गते मलेसियाबाट घर फर्केको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले...
पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित...
पर्साको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालबाट फरार दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् ।  नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार दुबै जनालाई पक्राउ गरी पुनः उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अस्पतालको आइसोलेसन कक्षमा रहेको शौचालयको भेन्टिलेसन फुटाएर हिजो...
पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको...
वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ। पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको प्रदेशखवरलाई...
धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो । संक्रमित महिला धनुषा जिल्लाको मिथिला...
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको...
नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना...
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये २ जना पत्रकार पनि रहेको खुलेकाे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनले भने, ‘चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको...
- Advertisement -

भरखरै प्राप्त