बारामा एक पत्रकारमा कोरोना भाइरस, संक्रमित पत्रकारको संख्या पाँच पुग्यो

बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नम्बर ५ निवासी ३८ वर्पीय पुरुष हुन्।

संक्रमित पत्रकारलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए।

यसअघि बाराको छिमेकी जिल्ला पर्सामा पनि दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको थियो। त्यस्तै, जनकपुर र उदयपुरमा पनि एक/एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।