इलाम: इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ ।
कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ ।
सर्वदलीय बैठक बसेर निर्णय...
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको बताउनु भएको छ । नेता कोइरालाले विराटनगर– ४ इक्राहीमा आज नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उदघाटन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ।
देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ ।
११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात...
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सोमबार साँझ गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्री घिमिरेको सचिवालयका अनुसार शनिबार धनकुटास्थित कोभिड १९ अस्पतालको निरीक्षण गरेर फर्किएसँगै उनमा...
सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।
शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण...
काठमाडौ: सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका...
गाडी दुर्घटनाको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले आइतबार प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ।
गत बिहीबार राति विराटनगर एयरपोर्ट मोडमा एक जनाको मृत्यु हुनेगरी गाडी दुर्घटना भएपछि उनी फरार थिए। दुर्घटनाको बेला रविनले...
झापाको झापा गाउँपालिकामा गोली चलेको छ।
स्थानीयबासीले गाई काटेको विषयमा केही स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेपछि विवाद बढ्दै जाँदा केही बेरअघि सशस्त्र प्रहरीले गोली चलाउँदा एकजना स्थानीयबासीलाई गोली लागेर गम्भीर घाइते भएका छन्।
स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली...
सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक...












