सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लक डाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय समन्वय समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने निर्णय आइतबार बेलुकी गरेको हो।
नेपालमा कोरोनाका कारण...
सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना परिक्षण गराउन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको इजलासले भारतबाट आयात हुने तरकारीको विषादी तथा कोरोना परिक्षण नहुँदा नेपालमा जोखिम बढेको भन्दै परिक्षण गरेर मात्र आयात...
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना...
महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबासको किसान नगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो ।
पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा...
कलामाई नगरपालिका वडा नं. ५ सिलामे स्थित १८ वर्षीया निर्मला स्याङ्वो आफ्नो ७ महिनाको छोरालाई हन्हन्ती ज्वरो आएपछि आत्तिएर छिमेकीलाई बोलाइन् । छिमेकीले उनलाई सहयोग गर्नुको साटो अव ‘तेरो छोरालाई अस्पतालले हेर्दैन’ भनेपछि उनी आफ्नो छोरालाई कोरोनाले भेट्यो कि...
फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको...
सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी 'कन्स्पिरसी थीअरी' अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ।
तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ?
बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ।
यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा...
स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा कोभिड १९ का कारण मृत्यु...
धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।
उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी...
शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका रहेको खुलेको छ।
उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको...











