कलामाई नगरपालिका वडा नं. ५ सिलामे स्थित १८ वर्षीया निर्मला स्याङ्वो आफ्नो ७ महिनाको छोरालाई हन्हन्ती ज्वरो आएपछि आत्तिएर छिमेकीलाई बोलाइन् । छिमेकीले उनलाई सहयोग गर्नुको साटो अव ‘तेरो छोरालाई अस्पतालले हेर्दैन’ भनेपछि उनी आफ्नो छोरालाई कोरोनाले भेट्यो कि ? भन्ने डरले काप्न थालिरहेकी थिइन् ।
सानो छोरोलाई काखी च्यापेर शहरी स्वास्थ्य क्लिनिक सिलामेमा विहान ९ः४५ मा आइपुगेकी उनले स्वास्थ्यकर्मी समक्ष आफ्नो छोरालाई ज्वरोआए देखिका सबै लक्ष्यणहरु बताईन् । त्यसरी निर्मलाले बताएको सबै लक्ष्यणहरु सुनिसकेपछि पर्सनल प्रोटेक्टिभ इक्युप्पमेन्ट (पिपिई) बिनानैं क्लिनिककी प्रमुख चिना लामाले डिजिटल थर्मामिटर मार्फत ज्वरो जाँचिन । आला मार्फत मुटुको घड्कन पनि सुनिन् र भनिन्ः तपाईको छोरालाई ज्वरो मात्रै हो, ठिक हुन्छ, धेरै नआत्तिनुस् र छरछिमेकले भनेको कुरा धेरै नसुन्नुस् ।
पुर्जामा औषधी लेखिदिएपछि स्वास्थ्यकर्मी थिङले औषधी हातमा दिंदै भनिन्, छर छिमेकमा मानिसहरुको आवात जावत भइराखेको हुन सक्छ, छोरालाई घर भित्रै राख्नुस् र तपाई पनि सुरक्षितसाथ घरमैं बसेर हेरचाहगर्दै लेखिएअनुसारका औषधी नियमित खुवाउनुस् ज्वरो ठिक भइहाल्छ । स्वास्थ्यकर्मीको कुरा सुनेपछि खुशी हुँदै निर्मलाले छिमेकीहरुले गरेको कुरा सुनेर आफु त्रसित भएको बताएकी थिइन् ।
कोरोना संक्रमण र रोकथामका लागि सरकारले चैत १९ देखी बन्दाबन्दीको घोषणा गरेपनि नगरपालिकाका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य क्लिनिकमा ५ हजार भन्दा बढी नागरिकले नियमित स्वास्थ्य जाँच गराएको देखिएको छ ।
स्वास्थ्य शाखा प्रमुख केम थापाका अनुसार नगरपालिका भित्रका ७ वटा स्वास्थ्य चौकी र ७ सहरी स्वास्थ्य क्लिनिकबाट अहिले स्थानीय वासिन्दाले ज्वरो, रुघाखोकी, झाडापखालाजस्ता रोगको निरन्तर उपचार पाइरहेका छन् । कोरोना महामारीको यो संकटपूर्ण अवधीमा सर्वसाधारणलाई सामान्य बिरामी भएर सदरमुकामको अस्पताल आउनु नपरोस् भन्ने उदेश्यले कमलामाई नगरपालिकाले उच्च साबधानीका साथ स्वास्थ्यकर्मीलाई ड्यूटीमा खटाइरहेको थापाको भनाई थियो ।
हामीले प्रत्येक स्वास्थ्य संस्थामा एक थना पिपिइसेट, एन ९५ माक्स, सेनिटाइजर र कर्मचारी संख्याका आधारमा सर्जिकल माक्स पनि उपलव्ध गराएका छौं, थापाले अगाडि भने । सबै कर्मचारीलाई एन ९५ माक्स उपलव्ध गराउन नसकेकाले तल्लो तहका कर्मचारीलाई सर्जिकल माक्स दिइँदै आएको उनको भनाई थियो ।
तराईका जिल्लाबाट राजधानी जोड्ने बिपी राजमार्गबाट सवारी साधान र मालवहाक ढुवानीका साधनहरु निरन्तर गुडिरहँदा सिन्धुलीमा कोरोना संक्रमणको जोखिम उच्च भएको निश्कर्ष निकाल्दै कमलामाई नगरपालिकाले सम्पूर्ण स्वास्थ्य चौकी र सहरी क्लिनिकमा ज्वरो जाँच गर्नका लागि थर्मगन उपलव्ध गराउने भएको छ । जोखिम मानिएका केहीलाई हामीले पहिल्यै थर्म गन दिएका थियौं, अब बाँकी सबैलाई तीन दिन भित्र उपलव्ध गराईसक्ने थापाले जानकारी दिए ।
बन्दाबन्दी प्रारभं भएदेखिनैं नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडाका स्वास्थ्य संस्थाहरुमा आएर उपचार गराउने नागरिकहरुको बिबरण दैनिक रुपमा स्वास्थ्य मन्त्रालयमा पठाउने गरेको सोही काममा संलग्न स्वास्थ्यकर्मी लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । ‘हामीले कुन स्वास्थ्य केन्द्रमा कति जनाको संख्यामा बिरामीहरु आए र उनीहरुले कस्तो सुविधा लिए भन्नेसम्मको बिबरण मन्त्रालयमा पठाईरहेका छौं’, श्रेष्ठले भनिन् ।
स्वास्थ्यकर्मीनैं जोखिममा
सिन्धुली जिल्लासँग जोडिएका तराईका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण बिना सर्वसाधारणको उपचारमा संलग्न स्वास्थ्यकर्मीनैं उच्च जोखिममा रहेको देखिएको छ । कोरोना उपचार रोकथाममा संलग्न स्वास्थ्यकर्मीनैं कारोनाको शिकार भएका विवरणहरु आइरेका बेला कमलामाई नगरपालिकाले आफु मातहतका सम्पूर्ण स्वास्थ्यकर्मीलाई विषेश सजगता अपनाउन र जोखिमबाट बच्ने उपायहरु अबलम्मन गर्नसमेत पुःन अपील गरेको छ । नगरप्रमुख खड्गवहादुर खत्री भन्छन्ः आफ्नो जीवनको पर्वाह नगरी बन्दबन्दीको समयमा पनि जनताको स्वास्थ्यमा सक्रिय सबै स्वास्थ्यकर्मी र चिकित्सकलाई सम्मान गर्दछु र आफ्नो जीवनको सुरक्षामा संवेदनशिल बन्न पनि पुःन आग्रह गर्दछु ।
उच्च सर्तकर्ता आवश्यक
सिन्धुली जिल्लाका सामाजिक प्रयोगकर्ता जयकुमार सापकोटा सिन्धुली जिल्लामा कोरोना संक्रमण स्थानीयस्तरबाट लापरवाही पनि त्यतिकै बढेको बताउँछन् । सापकोटाले भनेजस्तै नवराज थिङ सिन्धुलीमा कोरोना गाडी चढेर आउँदै गरेको बताउँछन् । उनले स्थानीय प्रशासनले पर्याप्त सजगता नअपनाउँदा संक्रणको जोखिम बढिरहेको टिप्पणी गर्दछन् ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेल भन्छन्ः फ्रन्टलाईनमा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीले सुरक्षाका लागि आवश्यक सबै उपकरणहरु प्रयोग गर्नैपर्छ, अन्यथा हामीले उपचार गर्ने कोही पनि नपाउन सक्छौं ।
(दिपा भण्डारी, कमलामाई फिचर सेवा)