रौतहट जिल्लाका थप १० जनामा संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या २९१ पुग्यो

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकराीले बताएका छन् ।