सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउनु रहेको बताएका छन्।
शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
संसदीय प्रणालीको संरक्षक आफूहरु भएको र संसदीय...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। उनले सांसदहरू नआत्तिन पनि सुझाए।‘हामी...
मेलम्ची खानेपानी परियोजनाको पानी शनिबारदेखि काठमाडौँतर्फ पठाइएको छ। मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा मिसाइएको हो।
मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा प्रधानमन्त्री ओलीले अवलोकन गरेपछि पानी काठमाडौँतर्फ पठाइएको हो।
परियोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँमा झारिएको ठूलो सफलता प्राप्त भएको बताएका...
तत्कालीन गिरिजा प्रसाद कोइराला सरकारले गरेको रास्ट्रघाती टनकपुर सन्धिको बिरुद्धमा २०४९ फागुण २२ अर्थात आजकै दिन मृत्यु बरण गरेकी सहिद संझना दाहालको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उमा...
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।
सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति...
शान्तिपूर्ण राजनीतिमा आउन तयार नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’
शुक्रबार सार्वजनिक...
नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर उनी केहीबेर अगाडि काठमाडौं आइपुगेको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन्...











