तत्कालीन गिरिजा प्रसाद कोइराला सरकारले गरेको रास्ट्रघाती टनकपुर सन्धिको बिरुद्धमा २०४९ फागुण २२ अर्थात आजकै दिन मृत्यु बरण गरेकी सहिद संझना दाहालको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उमा कोइराला, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, शान्तिमान कार्की, प्रदेससभा सदस्य बिनोद खड्का, नेकपा वागमती प्रदेश सदस्य धुर्व देवकोटा, नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठलगायतका नेताहरुले सम्वोधन गरेकाथिए ।

कार्यक्रममा शहिद संझनाका पिता शेषराज दाहालले उक्त घटनाको स्मरणगर्दै अझैंसम्म पनि संझनालाई शहिद घोषणा नगरिदिएकामा दुःख व्यक्त गरेका थिए । उनले अनेरास्ववियुले स्थापना गर्न लागेको अक्षय कोषमा परिवारका तर्फबाट १ लाख रुपैयाँ उपलव्ध गराईदिने घोषणा गरे । त्यसैगरी सहिद घोषणा पश्चात राज्यका तर्फबाट प्राप्त हुने १० लाख रुपैयाँ पनि सोही कोषमा जम्मा गरिदिने उद्घोष पनि गरे ।
रास्ट्रघाती टनकपुर सन्धिको बिरुद्ध सिन्धुलीको वामपन्थी दलहरुले गरेको आन्दोलनमा होमिएकी संझानालाई जिल्ला प्रशासन कार्यालय घेराउमा क्रममा स्थानीय प्रशासनले बल प्रयोग गर्दा गोली लागेको थियो । उनी अनेरास्ववियुमा आवद्ध भएका कारण आन्दोलनमा आएकी थिइन् ।

प्रदेशखबर डटकम सहिद संझनाप्रति उच्चसम्मान प्रकटगर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
नोटः आज विहान प्रकाशित यसै सम्बन्धी कार्यक्रमको समाचारमा असावधानी बस गलत तथ्य प्रकाशन भएको र त्यसले परिवारजनमा पर्न गएको पिडाप्रति प्रदेश प्रकाशन गृह क्षमाप्रार्थी छ ।-सम्पादक











