नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर उनी केहीबेर अगाडि काठमाडौं आइपुगेको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने प्रवक्ता प्रकाण्डले प्रदेशखवरलाई जानकारी दिए ।
सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमति भएको थियो।