नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक उद्योगमा आज प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको हो। उत्सव डिष्ट्रिलरीका नाममा दर्ता भएको उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन गर्दै आएको...
कडा निषेधाज्ञा कारण मालवस्तुको बिक्री र ढुवानीमा असर परेपछि पूर्वका खाद्यवस्तुका उद्योग बन्द हुन थालेका छन्। गत वर्षको लकडाउनमा शत प्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पुर्याएको छ।
गुडलाइफ ब्रान्डका...
सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना नलिन सरकारको नाममा आदेश दिएको छ। न्यायधिश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना र हर्जना नलिन आदेश दिएको हो।
नेपाल सरकारलाई विपक्षी बनाई अधिवक्ता सृजना अधिकारीले निषेधाज्ञामा कर नतिर्नेलाई जरीवाना गराइएको...
भारतको पश्चिम बंगाल सरकारले राज्यमा लकडाउन गर्ने भएपछि पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने भएको छ।
काँकरभिट्टा नाका १५ दिनका लागि बन्द हुने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य...
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा...
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको सेवाबापतको आय ७ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको...
ग्वाल्टारः देशब्यापी रुपमा फौलिएको कारोना संक्रमणको नयाँ भेरियण्ट रोकथाम र नियन्त्रणका लागि सिद्धार्थ वैँक गोलन्जोर शाखाले गोलन्जोर गाउपालिकाको कोरोना कोषमा दुई लाख सहयोग गरेको छ ।
गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ वैंक गोलन्जोरका...
कोरोना संक्रमणका कारण बुवा गुमाएको दोस्रो दिनमै पूर्व बैंकर निरज श्रेष्ठको पनि निधन भएको छ।
उनको पनि कोरोना संक्रमणकै कारण निधन भएको हो। वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा श्रेष्ठको आज (बुधबार) मध्यान्ह निधन भएको पारिवारिक श्रोतले बताएको छ।
श्रेष्ठलाई मंगलबार...
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ ।
यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको...
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका...












