कोरोनाभाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएसँगै सिन्धुली अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी ती महिलामा अत्यधिक ज्वरो र स्वासप्रस्वासको समस्या भइ सिन्धुली अस्पताल ल्याइएकोमा इमर्जेन्सी भर्ना गरी उपचार भइरहेको क्रममा...
दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो।
उपचारकै क्रममा ती...
प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल...
धनुषाको मिथिला नगरपालिकामा एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिए । वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिज क्वारेन्टिनमा...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताएका हुन् ।
चितवन...
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ ।
सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा...
भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो ।
स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई...
बैतडीको सदरमुकाम क्षेत्र बुधबारदेखि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो ।
नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दूधका ट्यांकर,...
नारायणी अस्पताल वीरगञ्जमा किट अभावका कारण तीन दिनदेखि कोरोना भाइरसको परीक्षण रोकिएको छ ।
अस्पतालमा किट अभाव भएको तथा स्वास्थ्य मन्त्रालयले पठाएको किट काम नलाग्ने भएपछि तीन दिनदेखि परीक्षण रोकिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
काम नलाग्ने किटको...











