नारायणी अस्पताल वीरगञ्जमा किट अभावका कारण तीन दिनदेखि कोरोना भाइरसको परीक्षण रोकिएको छ ।
अस्पतालमा किट अभाव भएको तथा स्वास्थ्य मन्त्रालयले पठाएको किट काम नलाग्ने भएपछि तीन दिनदेखि परीक्षण रोकिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
काम नलाग्ने किटको बारेमा मन्त्रालयमा जानकारी गराई सकिएको तथा थप किट माग गरिएको डा. सिंहको भनाई छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ल्याब संचालनमा आएदेखि आठ कम्पनीका पीसीआर किट स्वास्थ्य मन्त्रालयले पठाएको थियो । ती सबै किटहरु भने पीसीआर मेशिनमा काम लाग्ने भएपछि प्रयोग गरिएको थियो ।