सूर्यविनायकमा आगलागी, तीन गाई मरे

भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो ।

स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी छन् । आगलागीबाट तीनवटा माउ गाई र एउटा बाच्छो मर्दा चार लाख भन्दा बढीको क्षति भएको उनले बताइन् ।

आगलागीको कारण खुलेको छैन । तर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने थापाले बताइन्।