एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सयको मृत्यु

धनुषाको मिथिला नगरपालिकामा एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिए । वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिज क्वारेन्टिनमा खटिएका एक जना स्वास्थ्यकर्मी र भारतबाट विभिन्न मितिमा आएर बसेका १० जनामा संक्रमण देखा परेकाे उनले बताए ।

संक्रमण पुष्टि भएका सबै जनालाई सपहीस्थित आइसोलेसनमा पठाइसकिएको प्रमुख महतोले जानकारी दिए ।