राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाइएको थियो । अहिले सोही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।
सबै सुतेका बेला मध्यरातमा विद्यालयको पछाडिबाट...
बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए ।
उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।
सात सय पाँचजना...
भक्तपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखाका प्रहरी जवान रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।
संक्रमित ३२ वर्षिय प्रहरी जवान सञ्चार शाखाका कार्यरत रहेको प्रधानले बताए।...
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गत बर्ष प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।
सोमबारको...
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।सोमबार मात्रै नयाँ ११० जना सङ्क्रमित थपिएपछि कर्णालीमा कुल सङ्क्रमितको सख्या एक हजार ७७ पुगेको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान...
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४...
गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ।
हालसम्म गण्डकी प्रदेशमा...
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको वजेट ल्याएको छ।
कूल विनियोजन मध्ये चालु तर्फ रु.१५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुजीगत तर्फ रु....










