प्रदेश २ सरकारको स्वास्थ्य विशेष प्राथमिकतामा, बजेट ३३ अर्ब ५६ करोड

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको वजेट ल्याएको छ।

कूल विनियोजन मध्ये चालु तर्फ रु.१५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुजीगत तर्फ रु. १७ अर्व ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु. १६ करोड अर्थात ०.४८ प्रर्तशत रहेको छ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्रि विजय यादवले चालु आर्थिक वर्षभन्दा करिब ५ अर्ब कम बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख र चालु आर्थिक बर्षको नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार रकमको व्यवस्थापन गरिने छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ।

यसका साथै कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको, बेरोजगारी दर बढेकोले यसपालीको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी श्रृजना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । यसका साथै आगामी बजेटमा केही पुरानै कार्यक्रमहरुलाई समेत विशेष प्राथमिताका साथ समावेश गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउँदै आम नागरिकको जीवनस्तर अभिवृदि गर्ने, लगानी मैत्री वातावरण मार्फत उत्पादनमूलक क्षेत्रहरुमा रोजगारीका अवसरहरुको सिर्जना गरी गरीबी न्यूनीकरण गर्ने, गरीब तथा जोखिममा परेका नवजात शिशु समेतलाई सुरक्षित, पोषणयुक्त र पर्यप्त खाद्यान्नको सुनिश्चितता गर्दै भोकमरीको अन्त्य गर्ने लगायतका उद्देश्यको साथ बजेट ल्याएको मन्त्री यादवले बताए ।

आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सुदृढ बनाउनका लागि ७० करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै प्रदेश क्यान्सर अस्पताल निर्माणका लागि २ करोड, ट्रमा सेन्टरका लागि २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि १ करोड रकम विनियोजन गरिएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नका लागि ४५ करोड ५३ लाख, सप्तरीको भारदह अस्पतालको स्तरोन्नतिका लागि ६ करोड ७९ लाख र पर्साको पोखरिया अस्पतालको विकासका लागि ४ करोड ४ लाख रकम विनियोजन गरिएको हो ।
प्रदेशमा स्थानीय निकायको सहकार्यमा सर्पदंश उपचारका लागि एन्टी भेनम उत्पादन गर्न अध्ययन अनुसन्धान केन्द्रको स्थापना र संचालन गर्नका लागि ५ करोड ५४ लाख बजेट विनियोजन गरिएको हो ।

प्रदेश सरकार आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ। त्यस्तै स्थानीय तहहरुको सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका लागि २ अर्ब ८३ करोड रुपैया विनियोजन गरेको हो।

प्रदेश सरकारले केही आफ्ना पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिदै बजेट विनियोजन गरेको हो । बेटी पढाउ बेटी बचाउ अभियानका लागि ३० करोड, सोही कार्यक्रमको अन्य खर्चको व्यवस्थापनका लागि २४ करोड ८६ लाख, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विभिन्न पोखरीहरुको सौन्दर्यीकरणका लागि ५३ करोड ४० लाख रकम बजेट विनियोजन गरिएको हो ।

त्यस्तै चुरे क्षेत्रको संरक्षणका लागि चुरे क्षेत्रको बालुवा तथा गीटी उत्खनन रोक्नका लागि २१ करोड, चुरे क्षेत्रमा जलाशय निर्माण तथा मनोरञ्जनात्मक स्थलको डिजाइन निर्माणका लागि ३ करोड वजेट विनियोजन गरिएको हो । सीमसार क्षेर संरक्षणका लागि ३ करोड, साझेदारी वन, सामुदावयक वन, चक्ला वन, साविजर्नक वनको दिगो व्यवस्थापन र वनजन्य उद्यम विकास कार्यक्रमका लागि ४१ करोड वजेट विनियोजन गरिएको हो ।

प्रदेश दुईको अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि रहेकोले कृषि उत्पादनमा बृद्धिका लागि सिचाईको व्यवस्था उपलब्ध गराउनका लागि समेत बजेट उपलब्ध गराइएको हो।

यसका लागि ठूला र मझौला सिचाई आयोजना संचालनका लागि ७६ करोड ७७ लाख, भूमीगत सिचाई आयोजनाका लागि ५६ करोड ५५ लाख, सतह सिचाई आयोजनाहरुको मर्मत सम्भारका लागि १ करोड ६० लाख र पुरानो खानेपानी आयोजनाहरुको मर्मत सम्भारको लागि ९ करोड ३५ लाख वजेट विनियोग गरिएको छ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक नाला सहितको २ लेन कालोपत्रे ५ किलोमीटर सडक निर्माण गर्न कुल ६४ सडकका लागि ६७ करोड २० लाख वजेट विनियोजन गरिएको छ। प्रदेशको सप्तरीदेखी पर्सासम्मको मधेशी सहीद राजमार्ग निर्माणका लागि डीपीआर निर्माणका लागि ३ रकम विनियोजन गरिएको हो।