जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको...
कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।
अस्पतालका...
नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना...
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये २ जना पत्रकार पनि रहेको खुलेकाे छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनले भने, ‘चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको...
हावाहुरीका कारण रुख ढल्दा कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।
आइतबार साँझ आएको हावाहुरीले रुख लडाउँदा विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्। तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा...
भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला दहन गरेका छन् ।
युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन...
भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका...
नवगठित जनता समाजवादी पार्टी नेपाल सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको अपहरण काण्डको अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठले आफ्नो अपहरण गरेको...
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।
जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।
‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो...
भक्तपुर जगाती चेकपोस्टमा डिसइन्फेक्सन टनेल उद्घाटन भएको छ। अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीस्थित पूर्वी नाका भएर उपत्यका भित्रिने सवारीसाधनलाई ‘डिसइन्फेक्सन’ गर्न आइतबारबाट शुरु भएको हो।
अरनिको राजमार्ग भएर उपत्यका भित्रिने सवारीसाधनलाई जगाती प्रहरी चेकपाेस्टबाट स्विच थिचेर डिसइन्फेक्सन गरिने...











