प्रदेश समाचार

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताएका हुन् । चितवन...
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा...
भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो । स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई...
बैतडीको सदरमुकाम क्षेत्र बुधबारदेखि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो । नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दूधका ट्यांकर,...
नारायणी अस्पताल वीरगञ्जमा किट अभावका कारण तीन दिनदेखि कोरोना भाइरसको परीक्षण रोकिएको छ । अस्पतालमा किट अभाव भएको तथा स्वास्थ्य मन्त्रालयले पठाएको किट काम नलाग्ने भएपछि तीन दिनदेखि परीक्षण रोकिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । काम नलाग्ने किटको...
जनकपुरको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक किशोरको बुधबार ज्यान गएको छ। कोरोना लागेको आशंका प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १५ वर्षीय राजु सदाको मृत्यु भएको हो। सदाको मृत्यू भएपछि उनका परिवारजनले अनुसन्धानको माग...
कैलालीमा १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १३ दिनपछि मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। मृतकको...
सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन्। केही दिनयता परेको अविरल...
बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले...
- Advertisement -

भरखरै प्राप्त