बझाङको क्वारेन्टिनमै युवाले गरे आत्महत्या

बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले आइतबार राति आत्महत्या गरेका हुन् ।

वडा अध्यक्ष मण्डेल भने, ‘असार ६ गतेदेखि उनी क्वारेन्टिनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए ।’

पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली हिँडेको वडाध्यक्ष मण्डेलले जानकारी दिए ।