सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३५५ घर मुसहर परिवारलाई आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरिएको छ ।
मुसहरलाई बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज चावि हस्तान्तरण गर्दै भवन हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारको ११ करोड...
जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ।
भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ।
जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको...
वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७र०७८ का लागि अनुदान रकम दिने...
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनीत नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले केहीबेरपछि शपथ लिंदैछन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।
केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।
कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको...
चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।
जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना...
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार...











