वामदेव गौतमले केहीबेरपछि राष्ट्रिय सभामा शपथ लिंदै

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनीत नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले केहीबेरपछि शपथ लिंदैछन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन्।

उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथ खुवाउँदैछन्।

लामो रस्साकसीपछि नेकपाका उपाध्यक्ष गौतमलाई केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌ले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो।

Image may contain: 4 people, people sitting