कोरोना संक्रमित सशांक कोइराला ज्वरो बढेपछि अस्पताल भर्ना

कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।