गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई बिहिवार सिन्धुली जिल्ला अदालतमा बुझाउने भएको छ । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार आइतवार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार...
कमलामाई नगरपािलकाका प्रमुख खड्गवहादुर खत्रीले आज करकरेका किसानहरुलाई उन्नतजातको भुईकटहरको बिरुवा हस्तान्तरण गर्नुभएको छ ।कमलामाई नगरपालिका वडा नं. ८ करकरेमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख खत्रीले कमला भुईकटहर पकेट क्षेत्र समितिका सदस्यहरुलाई उन्नतजातको ४ हजार बिरुवा हस्तान्तरण गर्नुभएको हो...
राजधानी काठमाडौँको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको...
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि सुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको...
नेकपा (एमाले) सुनकोशी गाउँपालिका वडा १ का वडाध्यक्षका उमेदवार कृष्ण मोक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतको रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन ।उनले वडा अध्यक्षको उमेदवारको तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त...
सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी दुर्गाराज पौडेललाई पुनः अध्यक्षमा निर्वार्चित गरेको छ ।मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्था मानवअधिकार एलायन्सको आज सिन्धुलीमाढीमा आयोजित छैठौं जिल्ला अधिवेशनले उपाध्यक्षमा केआर विजय, सचिवमा उज्वल न्यौपाने, कोषाध्यक्षमा...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. ८ मा तत्कालिन केपी ओली सरकारको पालामा थालिएको एयरपोर्ट बनाउने योजनालाई कार्यान्वयनमा लैजान आवश्यक भएको बताउनुभएको छ । अघिल्लो निर्वाचनका बेला तत्कालिन नेकपाले...
सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ। अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो।
सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...












