नगरप्रमुख खत्रीद्धारा किसानहरुलाई उन्नतजातको भुईकटहरको बिरुवा बितरण


कमलामाई नगरपािलकाका प्रमुख खड्गवहादुर खत्रीले आज करकरेका किसानहरुलाई उन्नतजातको भुईकटहरको बिरुवा हस्तान्तरण गर्नुभएको छ ।
कमलामाई नगरपालिका वडा नं. ८ करकरेमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख खत्रीले कमला भुईकटहर पकेट क्षेत्र समितिका सदस्यहरुलाई उन्नतजातको ४ हजार बिरुवा हस्तान्तरण गर्नुभएको हो । भुईकटहर पकेट क्षेत्रको कृषक समूहका सदस्यहरु चन्द्रवहादुर श्रेष्ठलाई १ हजार, कृष्णवहादुर मगरलाई १ हजार, गायत्री श्रेष्ठलाई ५ सय, धनमायाँ बुढाथोकीलाई ५ सय, बटुमायाँ श्रेष्ठलाई ५ सय र चन्द्रवहादुर श्रेष्ठलाई ५ सयगरी ४ हजार विरुवा नगरप्रमुख खत्रीले हस्तान्तरण गर्नुभएको थियो ।

No description available.

विरुवा वितरण गर्नु अगाडि संक्षिप्त मन्तव्य राख्दै उहाँले करकरे क्षेत्रलाई कमलामाई नगरपालिकाले भुईकटहरको पकेट क्षेत्रका रुपमा घोषणा गरेको बताउँदै किसानहरुको सम्बृद्धिका लागि आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । व्यवसायिक कृषि उत्पादन बिना सम्वृद्धि संभव नभएको बताउँदै विगत वर्षहरुदेखी यसक्षेत्रका किसानहरुलाई भुईकटहर लगाउन आफुले अभिप्रेरित गरिरहेको यस क्षेत्रमा कमलामाई नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग उपलव्ध गराईरहेको उल्लेख गर्नुभयो । उहाँले उपस्थित किसानहरुलाई भन्नुभयो, ‘ भुईकटहर खेतीका लागि तपाईहरुलाई के कस्ता सहयोग आवश्यक छ, कृषि प्राविधिकको शिफारिश सहित आउनुस् म सहयोग गर्न तयार छु ।’
कार्यक्रममा कमलामाई नगरपालिका कृषि शाखाका देवी सापकोटा, सरोज फुयाँललगायतको उपस्थिति थियो ।

No description available.