सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. ८ मा तत्कालिन केपी ओली सरकारको पालामा थालिएको एयरपोर्ट बनाउने योजनालाई कार्यान्वयनमा लैजान आवश्यक भएको बताउनुभएको छ । अघिल्लो निर्वाचनका बेला तत्कालिन नेकपाले सिन्धुलीमा एयरपोर्टको आवश्यक्ता महशुसगरी विस्तृत अध्ययन प्रतिवेदन बुझाएको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि आफु लागिपर्ने बताउनुभयो । डिपिआर बनाएर मात्रै पुग्दैन त्यसलाई कार्यान्वयनका लैजानका लागि एमालेको सरकार आवश्यक भएको उल्लेख गर्नुभयो ।
विगतका माननीयले कमलामाई नगरपालिकाको विकट वडाको रुपमा रहेको ८ नम्बरको विकासका लागि कुनै पनि भूमिका निर्वाह गर्न नसकेको र निर्वाचनका बेला गरेको प्रतिवद्धता पुरा नहुँदा समस्या पैदा गरेको स्मरण गराउँदै बाटो र बिजुलीका लागि एमालेकै सरकारका पालानमा काम थालिएको उल्लेख गर्नुभयो । उहाँले अगाडि भन्नुभयो: विगतमा संघीय माननीयले तपाईको चाहना पुरा गर्न सक्नुभएन, अब त्यो काम एमालेको अगुवाईमा हुनेछ । किनकी हामीले जनताका बीचमा झुठो बोल्दैनौं र झुठो कुरा गर्नेलाई तपाईहरुले पनि विश्वास नगर्नुहोस् । हामी तपाईहरुका बीचमा माननीय भनिनका लागि आएको होइन, पार्टीले सेवक बन्नका लागि पठाएको बताउँदै उहाँले अगाडि भन्नुभयो: तपाईहरुलाई निर्वाचन कसरी जित्न सकिन्छ र जित्नुपर्छ भन्नेकुरा स्थानीय निर्वाचनले पठा सिकाएको छ त्यसैले आफ्नो अबस्था अनुसार योजना बनाउनु होला ।
एमाले नेता थापाले अहिले तपाईहरु समक्ष विभिन्न गुलिया कुराहरु गरेर विभन्न पार्टीका उमेदवारहरु आउन सक्छन् । उनीहरुले एमालेको विकास र सम्वृद्धिका पक्षमा लिएको अडानका बिरुद्ध अर्नग्नल प्रचार गर्न सक्छन्, त्यसको पछाडि नलागी झुठ कुरा गरेर आउनेहरुलाई प्रश्न सोध्नु पर्ने बताउनुभयो ।
जनताको बीचमा चिल्ला कुरा गरेर आउनेहरुलाई यस अगाडि कहाँ जानुभएको थियो ? किन हाम्रा समस्याहरुमा सुनुवाई भएन ? जस्ता प्रश्नहरु गर्न र उनीहरुका गलत प्रचारवाजीलाई परास्त गर्न स्थानीय नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।
प्रदेशसभा सदस्य उमेदवार बिनोद खड्काले तत्कालिन डोरमणी पौडेल नेतृत्वको बागमती प्रदेश सरकारले वडा नं. ८ को विकास निर्माणका लागि विभिन्न स्थानमा योजनाहरु हालेको भएपनि मुख्य रुपमा सडक र बिजुलीले यहाँको अबस्थामा सुधार आएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: नेकपा एमालेको केन्द्र, प्रदेश र कमलामाई नगरपालिकामा सरकार थिएन भने यहाँका तपाईहरु अन्धकारमैं बस्नुपर्ने थियो । एमालेले यस क्षेत्रको विकासका लागि गरेको योगदानकै कारणले स्थानीय निकायको निर्वाचनमा वडामा एमालेलाई विजयी गराउनुभएको स्मरण गराउँदै थापाले भन्नुभयो: आउँदो मंसिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनेन भने सिन्धुलीको विकास र सम्वृद्धि रोकिने छ ।
कमलामाई नगरपालिकाका निर्वतमान नगरप्रमुख खड्गवहादुर खत्रीले सिन्धुलीगढी बनाउने काम एमालेकै अगुवाईमा भएको खुलासा गर्नुभयो । केन्द्र, प्रदेश र नगरमा एमालेकै सरकार थियो, अहिलेका हाम्रा संघीय उमेदवार इन्जिनियर मनोजजंग थापाको सुझाव सल्लाह बमोजिम हामीले सिन्धुलीगढीलाई देशकै युद्ध पर्यटन केन्द्रका रुपमा विकास गर्यौं, तर डिपिआर बनेको हरिहरपुरगढी दरबार बनाउने काम माओवादीले जितेको पालिकाले गर्न सकेन । हामीले सिन्धुलीगढी बनाउँदा उनीहरुले पनि हरिहरपुरगढी बनाउन सक्थे, तर उनीहरुले बनाएनन्, किनकी उनीहरु विकास र सम्वृद्धिका पक्षमा छैनन् । उहाँले अगाडि एमालेले मात्रै विकास र सम्वृद्धिको ढोका खोलिने दाबी गर्नुभयो । उहाँले गाउँमा आएर मतदातालाई झुक्याउने, प्रलोभनमा पार्ने कामहरु हुने भएकाले पार्टी कार्यकर्ताहरुले सचेत भएर उनीहरुका गलत कामको भण्डाफोर गर्न सुझाव दिनुभयो ।
प्रतिनिधीसभाको समानुपातिक तर्फका उमेदवार उमादेवी कोइरालाले हत्या र हिंसा मच्चाउनेहरु अहिले भोट माग्दै घरदैलामो आइरहेकाले उनीहरुलाई दण्डित गर्ने बेला आएको बताउनुभयो । विगतमा हत्या, अपरहण, लुटपाट, आगजनी र नागरिकलाई जिउँदै जलाउनेहरु अहिले यो गर्छु र त्यो गर्छु भनेर घर घरमा हिंडिरहेको बताउँदै अपराधमा संलग्नलाई मत दिनु भनेको फेरी हत्या र आतंकको सिर्जना गर्नुजस्तै भएको टिप्पणी गर्नुभयो ।