सिन्धुली बहुमुखि क्याम्पसमा अनेरास्ववियुले बुझायो १४ बुदे ज्ञापन पत्र

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र बोगटीले बुझाउनु भएको हो ।
शैक्षिक वर्ष २०७६/७७ को छात्रवृत्तिको नतिजा तत्काल प्रकानका साथै आर्थिक वर्ष २०७७÷७८  र २०७८÷७९ को प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले माग गरेको छ । स्नातकोत्तरको शुल्क घटाउनु पर्ने, पुस्तकालयमा पर्याप्त पुस्तक र नेट उपलब्ध गराउनुको साथै पुरा समय खुलाउनु पर्ने, कलेज पोसाक अनिवार्य गर्नुको साथै डिजिटल आइ डी. कार्डको व्यवस्था गर्न पनि माग गरेको छ ।
कोभिड महामारीको कारण गत सालको कक्षा ११ का विद्यार्थीहरूलाई आदि मासिक शुल्क संन्चालक समितिमा छलफल गरि १२ मा छुट गराउने सर्त लागु गर्न, घण्टी मिलाउनुका साथै नियमित पुण कक्षा सञ्चालन गर्नुपर्ने र जानकारी बिना अनुपस्थित हुने प्राध्यापकको हाजिर कट्टा गर्नु पने माग गरेको छ ।
साथै तत्काल क्याम्पस बसको व्यवस्था हुनु पर्ने, क्याम्पस बाट प्रदान गरिने रसिदमा स्पष्ट विवरण खुलाउनु पर्ने, प्राध्यापकहरूलाई वितरण गरिएको ल्यापटप कक्षा सञ्चालनमा प्रोजेक्टर मार्फत प्रयोग गर्नुका साथै विद्यार्थीहरूलाई कम्प्युटर सिकाइमा सहज वातावरण सिर्जना गर्न पनि माग गरेको छ ।


सेनिटरी प्याड महिला शौचालयमा नै उपलब्ध गराउनु पर्ने, समय समयमा आन्तरिक मूल्याकंन गर्नुका साथै क्यालेन्डर अनुसारको गतिविधि गर्नु पर्ने, टाढाबाट आउने विद्यार्थीहरूलाई क्याम्पसको मातहतमा आवासको व्यवस्था गर्नु पर्ने, हरेक वर्ष क्याम्पसबाट शैक्षिक अनुसन्धान भ्रमणको व्यवस्था गर्न र प्राध्यापक भर्ना, स्थायी तथा पदोन्नति गर्दा बिधिवत नभएको विगतको मागलाई सम्बोधन नभएकोले त्यसको तत्कालै जवाफ दिन पनि अनेरास्ववियुले माग गरेको छ ।
माथि उल्लेखित मागहरूको यथाशीघ्र सम्बोधन गर्न अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ । मागहरूको यथाशीघ्र सम्बोधन नगरिए क्याम्पस प्रशासन र सिङ्गो क्याम्पस सञ्चालक समितिको विरुद्ध अनेरास्ववियु कडा रूपमा आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिन दिएको छ ।