नेकपा (एमाले) सुनकोशी गाउँपालिका वडा १ का वडाध्यक्षका उमेदवार कृष्ण मोक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतको रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन ।
उनले वडा अध्यक्षको उमेदवारको तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन । उनले मासिक तलब भत्ता कोष बनाउने र सामाजिक शैक्षिक सेवामा खर्च गर्ने उल्लेख गर्दै कोषको रकम आधारभुत बिधालय खानिगाउँ ५०५ आधारभुत बिधालय घ्याम्पाटार २५५ प्रावि नेपालथोकका लागि २५५ रकम उपलब्ध गराउने घोषणा गरेका छन ।
बिधार्थी राजनितिमा क्रियाशिल मोक्तानले आफ्नो वडाको शैक्षिक गुणस्तर बृद्वि र शैक्षिक बिकासका लागि योगदान दिने बताएका छन । अध्यक्षका उमेदवार मोक्तानले आफ्नो वडामा बौद्व पाठशाला तथा कुशेश्वर मन्दिर परिसरमा गुरूकुल शिक्षाको स्थापना गर्ने लक्ष्य राखेका छन ।
उनले सुनकोशीको १ नम्बर वडालाई बिकासको नमुनाको रूपमा बनाउने बताउँदै कुशेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनको रूपमा बिकास गरि बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने, नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रणेता एवम् महामानव बिपि कोइरालाको संझानामा निर्माणाधिन स्मृति संग्राहालयलाई राजनैतिक पर्यटन क्षेत्रको रूपमा बिकास गर्ने लगायतका योजनाहरू अगाडि सारेका छन ।
सोमबार सुनकोशी १ दुम्जामा आयोजित चुनाबिसभालाई सम्बोधन गर्दै मोक्तानले समृद्व वडा निर्माणका लागि आफुहरूको उमेदवारी रहेको बताउदै आफुहरूलाई बिश्वास गर्न मतदाताहरूलाई आग्रह गरे ।
