अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाका पदाधिकारी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्। एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली ओलीलाई भेट्न बालकोट पुगेको उनको सचिवालयले जनाएको छ। ओलीका प्रेस संयोजक...
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी...
एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ । बुधबार सुरु भएको संसदको नवौँ अधिवेशनमा प्रतिनिधिसभाका दुईवटा बैठक एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजीका कारण स्थगित भएका थिए । १५ मिनट स्थगित भएर सुरु भएको तेस्रो...
नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी उपत्यकामा निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई दल रोज्न दिएको अन्तिम दिन २२ भदौसम्मको समय सकिएको छ । यस अवधिमा काठमाडौँ उपत्यकाभित्रका...
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसिसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले सरकारले एमसिसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। सरकारमा सहभागी दलहरूकै बिचमा फरक फरक विचार आइरहेकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने...
कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
सिन्धुलीः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ६ को भेला आज सिन्धुलीमाढीमा सकिएको छ । वडाध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता एमाले उपसचिव महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथिका रुपमा भेलालाई सम्वोधनगर्दै एमाले सरकारका...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७५३ पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा र ३ हजार १२२ एन्टिजेन परीक्षण गर्दा २४४ जनामा कोरोना संक्रमण...
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन्।  ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे...
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। एमाले फुट्ने अन्तिम घडीसम्म एकताका लागि पहल गरिरहेको बताउँदै आएका गौतमले शुक्रवार आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएको उनका स्वकीय सचिव दिपक टमाटाले बीबीसी नेपालीलाई बताए। पार्टी...
- Advertisement -

भरखरै प्राप्त