एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु तल्लो तहसम्म लैजानुपर्छः महेन्द्रदेव श्रेष्ठ

एमाले उपसचिव महेन्द्रदेव श्रेष्ठ । फोटोः सन्देश जनप्रिय साप्ताहिक

सिन्धुलीः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ६ को भेला आज सिन्धुलीमाढीमा सकिएको छ । वडाध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता एमाले उपसचिव महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथिका रुपमा भेलालाई सम्वोधनगर्दै एमाले सरकारका पालामा भएको सकारात्मक कामको सबैले समुदायस्तरमा लैजानुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेलाई एक नम्बरको पार्टी बनाउनका लागि सकारात्मक कामहरुलाई अगाडि बढाउँदै लैजान र सेल कमिटीहरुलाई सक्रिय बनाउन आग्रह गर्नुभयो । प्रशिक्षणात्मक मन्तव्य दिनुभएका नेता श्रेष्ठले समुदाय तहसम्म लैजाने विषय बस्तुका विषयमा प्रष्ट पार्नुभएको थियो ।

No description available.
एमाले नेता नवराज थिंग ।

कार्यक्रमलाई सम्बोधनगर्दै एमाले सचिवालय सदस्य नबराज थिंगले प्रशिक्षणात्मक मन्तव्यका क्रममा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, राष्टधाती र जनविरोधी जस्तो आरोप लगाउने नेपाली कांग्रेस र माओवादी केन्द्रका नेतासँग सोध्ने बेला आएको बताउँदै अगाडि भन्नुभयोः तपाईहरुले गरेको कामहरु साच्चिकै जनताको पक्षमा भएका हुन् ? केपी ओलीले बोल्न दिएन भन्नेहरु भारत विरोधी नारा जुलुस नलगाउँ, लगाए कारबाही गर्छौ, थुन्छौं भनिरहेको छ भन्दै एमाले कांग्रेस र माओवादीको नक्कली राष्टवाद उदांगो भएको बताउनुभयो ।
अर्का नेता गोकर्ण थापाले एमालेलाई बलियो र मजवुत बनाउनका लागि पार्टी र संगठनलाई चलायमान बनाउन सुझाब दिनभएको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघ र राष्टिय युवा संघको वडा कमिटीसमेत घोषणा गरिएको थियो ।

No description available.