राष्ट्रपतिद्वारा बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारी , फाइल फोटोः प्रदेशखबर.कम

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन्। 

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

शनिबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। बैठकले भदौ २३ गते अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाउन सिफारिस गरेको हो।