माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी देशैभर निकै कमजोर

नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी उपत्यकामा निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई दल रोज्न दिएको अन्तिम दिन २२ भदौसम्मको समय सकिएको छ । यस अवधिमा काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाबाट ९० जना स्थानीय जनप्रतिनिधीले मात्र माधवकुमार नेपालको नयाँ पार्टीलाई साथ दिनुभएको छ ।

राजधानीका तीन जिल्लाका स्थानीय तहमा एमालेको तर्फबाट ७ सय ५५ स्थानीय जनप्रतिनिधी निर्वाचित हुनुभएको थियो। त्यसमध्ये ९० जना जनप्रतिनिधीले मात्र विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीलाई साथ दिनुभएको हो । नेकपा एमाले विभाजन भएर नयाँ दल गठन भएपछि निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई दल रोज्न अवसर दिएको थियो । आयोगले दल रोज्न दिएको समय मंगलवारबाट सकिएको छ । यससँगै देशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कित्ता क्लियर गरेका छन् । एमालेका जनप्रतिनिधिले नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये कुन दल बलियो रह्यो भन्ने तथ्याङ् निर्वाचन आयोगमा आउने क्रम जारी छ । जनता टाइम्सलाई ७७ ओटै जिल्लाको प्राप्त गरेको विवरण प्राप्त गरेको छ । प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकामा नेकपा एमाले नै बलियो देखिएको छ । नेकपा एमालेका ९० जना जनप्रतिनिधिले मात्र पार्टी छाडेर माधवकुमार नेपाललाई साथ दिएका छन् । नेकपा एस रोज्नेमध्ये उपमेयर, वडासदस्यदेखि दलित महिला सदस्य लगायत छन् ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय काठमाडौं’मा नेकपा एसका पक्षमा सनाखत गराएका हुन् । बाँकि ६ सय ६५ जना जनप्रतिनिधीले एमालेमै रहने निर्णय गरेका छन् ।काठमाडौँ जिल्लामा एमालेको ४ सय ८४ जना जनप्रतिनिधि थिए । त्यसमध्ये ५५ जनाले मात्र नेकपा एस रोजेका हुन् । काठमाडौंस्थित शंखरापुर नगरपालिका र तार्केश्वर नगरपालिकाकी उपमेयरद्धय शुक्रलक्ष्मी श्रेष्ठ र भवानी डोटेले नेकपा एस रोज्नुभएको छ । यस्तै विभिन्न स्थानीय तहका ५ वडाध्यक्षले नेकपा एस पार्टी रोज्नुभएको छ। तर निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम दिन तार्केश्वर नगरपालिकाकी उपमेयर डोटेल र एक वडासदस्यले सनाखत फिर्ता लिनुभयो । शंखरापुर नगरपालिकाका २ वडा सदस्य पनि एमालेमै फर्किनुभएको छ । यता युवा नेता महेश बस्नेतको बलियो पकड रहेको भक्तपुरमा पनि नेकपा एमाले नै बलियो देखिएको छ । भक्तपुरका स्थानीय तहमा एमालेको ७९ जना जनप्रतिनिधी थिए ।

त्यसमध्ये ७ जना जनप्रतिनिधीले मात्रै नेकपा एस रोजेका छन् । बाँकी ६८ जना जनप्रतिनिधी मूल घर एमालेमै बसेका छन् । चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य मोहन पौडेलले नेकपा एस रोज्नुभएको छ । यस्तै, ललितपुरको स्थानीय तहअन्तरगत एमालेले अध्यक्ष देखि सदस्यसम्म गरी १ सय ९२ पदमा निर्वाचन जितेको थियो । जसमध्ये २८ जना जनप्रतिनिधीले नेकपा एसमा सनाखत गरेका छन् । बाँकी १ सय ६४ जना एमालेमै रहने भएका छन् ।


७७ जिल्लाको स्थानीय जनप्रतिनिधि संख्या

प्रदेश १ः

झापा–७
इलाम–५८
पाँचथर–११
ताप्लेजुङ-२१
मोरङ -८
सुनसरी – ६
धनकुटा – ८
तेहथुम – २
भोजपुर – ६
उदयपुर – २८
ओखलढुंगा – १
संखुवासभा – १५
खोटाङ – ११
सोलुखुम्बु – ०

प्रदेश २ः

सप्तरी – २९
सिरहा – ७१
सर्लाही – ४८
महोत्तरी – ७
धनुषा – ४८
बारा – ३२
पर्सा – ५
रौतहट – ८४

वागमती प्रदेशः

मकवानपुर – ३९
चितवन – २९
काठमाडौं – ५१
ललितपुर – २८
भक्तपुर – १
काभ्रे – ५६
सिन्धुपाल्चोक – २
दोलखा – ६
रामेछाप – ५
सिन्धुली – १
धादिङ – ७५
नुवाकोट – ०
रसुवा – ०

गण्डकी प्रदेशः

गोरखा – ३
लमजुङ – ०
मनाङ – ०
मुस्ताङ – ०
म्याग्दी – ३
बाग्लुङ – ४

पर्वत – २
स्याङ्जा – ७
कास्की – ४
तनहुँ – १३
नवलपुर(सुस्तापूर्व) –
 ०

लुम्बिनी प्रदेशः

परासी(सुस्तापश्चिम) – १
रूपन्देही – ७
कपिलवस्तु – १
दाङ – २१
बाँके – ११
बर्दिया – ८
पाल्पा – १
गुल्मी – ०
अर्घाखाँची – ६
प्यूठान – ७
रोल्पा – ५
रूकुम पूर्व – ५

कर्णाली प्रदेशः

रूकुम पश्चिम – ३
सल्यान – ७६
जाजरकोट – १०
सुर्खेत – १५
दैलेख – ६२
कालिकोट – ६५
जुम्ला – ४४
मुगु – २०
डोल्पा – ४१
हुम्ला – ५

सुदूरपश्चिम प्रदेशः

कैलाली – ६५
कञ्चनपुर – ५१
डोटी – ३
अछाम – २७
बझाङ – २५
बाजुरा – ५
डडेलधुरा – २
बैतडी – २३
दार्चुला – २