प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताएका हुन् । देउवाले टेबल गरेपछि एमसीसी निर्णयका लागि दलहरूलाई पर्खिन सक्ने भएपनि फागुन...
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् ।...
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक एमसिसीका विषयमा अनिर्णत भएको छ। निर्णायक भनेर आह्वान गरिएको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि झैं बिहीबारको बैठकमा पनि...
सित्तैमा खान पाए तीन पाथी चुक घुटक्याउने गल्ती नगरौँ । श्रीलङ्कालाई हेर्नोस् । सुरुमा ऊ पनि दङ्गै थियो । तर, आखिरमा अमेरिकाको विकास परियोजना उसले अस्वीकार गर्नुप¥यो । ४८ करोड अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा आर्थिक वृद्धिका...
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्यासँग जोडिएको विषय भएकाले निवेदनलाई न्यायिक निरुपणको प्रक्रियमा आउन नदिनु गलत भएको भन्दै...
प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसदमा एमसीसी टेबुल गरिने बताएका छन्। त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने उनले जानकारी दिए।
संसद बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच...
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर संघीय संसदको मुख्य द्वार दक्षिणी गेटसम्म पुगेका छन्। निषेधित क्षेत्रमा पुगेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।
प्रतिनिधिसभा भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ गरिएको हो’ एसएसपी गिरीले अनलाइनखबरसँग भने, ‘९ जना...
अमेरिकी सहायता परियोजना एमसिसी विरुद्धको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच बबरमहल, बानेश्वरसहितका क्षेत्रमा झडप भएको हो ।
झडपका कारण बुधबार दिउँसो बबरमहलको अवस्था तनावग्रस्त बनेको हो । त्यसपछि बानेश्वर क्षेत्रमा प्रहरी र...











