प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताएका हुन् । देउवाले टेबल गरेपछि एमसीसी निर्णयका लागि दलहरूलाई पर्खिन सक्ने भएपनि फागुन १६ अघि जसरी पनि पारित हुनुपर्ने धारणा राखेका बैठकपछि एक नेताले जानकारी दिए ।
बैठकमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भने फागुन ७ गतेसम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले ७ गते पार्टीको स्थायी कमिटी बैठक बोलाइएको बताउँदै त्यतिन्जेल सम्म फर्किन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।











