सुरक्षा घेरा तोडेर संसदको मुख्य गेटसम्मै पुगे प्रदर्शनकारी, प्रहरीद्वारा अत्याधिक बल प्रयोग

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर संघीय संसदको मुख्य द्वार दक्षिणी गेटसम्म पुगेका छन्। निषेधित क्षेत्रमा पुगेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।