एमसिसी विरुद्धको प्रदर्शनले बानेश्वर- बबरमहल क्षेत्र तनावग्रस्त

अमेरिकी सहायता परियोजना एमसिसी विरुद्धको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच बबरमहल, बानेश्वरसहितका क्षेत्रमा झडप भएको हो ।

झडपका कारण बुधबार दिउँसो बबरमहलको अवस्था तनावग्रस्त बनेको हो । त्यसपछि बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।

प्रहरीले बानेश्वरमा प्रदर्शनकारीमाथि पानीको फोहोरा समेत प्रहार गरेको छ। प्रदर्शनकारीले पनि ढुंगा प्रहार गरेका हुन् । संसद बैठकमा एमसिसी टेबुल गर्ने तयारी भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीलगायत वामपन्थी दलले बुधबार नेपाल बन्द आह्वान गरी प्रदर्शन गरेका छन् ।

सडकमा उत्रिए नारायणकाजी

माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।