बिहीबार सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ।
सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अोलीले तीन देशका लागि बिहीबार राजदूत सिफारिस गरेका छन्।
उक्त सिफारिस अर्का...
कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।
लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन...
सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणको शुल्क नलिन परमादेश दिएको हो।
अधिवक्ता केशरजंग केसी र...
शान्तिमान कार्की: सत्ताधारी पार्टी भित्र गत चुनावमा प्राप्त भारी बहुमतको राप अझै घटि सकेको छैन,त्यसकै सेरोफेरोमा बसेर पद र पैसाको लागि सर्वत्र भिडन्त जारी छ । केन्द्र,प्रदेश र स्थानीय निकायमा लगभग सत्तारुढ पार्टीको बर्चस्व छ । प्रतिपक्षी कांग्रेस आफ्नै...
अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन्।
सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न मनोनित गरेका हुन् । ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा...
मुलुकभरको मौसममा आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो ।
गएको आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमितको संंख्या भएमा फेरि लक डाउन गर्न सिफारिस गरेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थय विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लक डाउन गर्न सुझाव दिएको प्रवक्ता...
सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यही हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ।
बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत...












