दुई अध्यक्षबिच बालुवाटारमा छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो ।

गएको आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेवारी दिएको थियो ।

बिहीबार बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा सोही विषयमा छलफल भएको छ । यस्तै मन्त्रीपरिषद पुनर्गठनबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।