कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लागू गरिएको लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले बिहीबार यससम्बन्धी औपचारिक घोषणा गर्दै छ।
मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गएको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरेको...
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा...
कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक वाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ।
शनिबार धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका–१ का बासिन्दा एवं नगरपालिकाका ४१ वर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो। उनी चैत्र ११ गतेदेखि नै नगरपालिकाको...
प्रमुख विपक्षी दल नेपाली काँग्रेसभित्रको आन्तरिक कलह फेरि सतहमा आएको छ । पार्टीकी केन्द्रीय नेतृ समेत रहेकी सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले केन्द्रीय सदस्य तथा सभापतिका भावी प्रत्यासी मानिएका डा. शेखर कोइरालाका विरुद्ध सामाजिक संजालमा देखाएको...
हिन्दू स्वयमसेवक संघ नेपाल विश्वको सबभन्दा ठुलो हिन्दू संगठन राष्ट्रिय स्वयम्सेवक संघ(आरएसएस)को विश्व विभागअन्र्तगतको नेपालस्थित एक शाखा संगठन हो । आरएसएसका विश्वभरी ३५ भन्दा बढी देशमा यस्ता खाले शाखा संगठनहरु छन् । ती शाखा संगठनहरुको नेतृत्व गर्न प्रायजसो आरएसएसले...
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन्।
कोरोनाका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै अध्यक्ष तिमिल्सिना र नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले भत्ता नलिने घोषणा गरेका हुन्।
तिमिल्सिनाले बिहीबार बैठक भत्ता र देशभित्र भ्रमण...
सिन्धुलीमा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।कमलामाई नगरपालिका वडा नं. १४ स्थित चन्दनपुर माविको क्वारेन्टाइनमा बसेका २३ वर्षिय युवामा संक्रमण पुष्टि हो । पुष्टि भएका संक्रमित व्यक्ति १८ दिन अगाडि भारतको राँचीबाट आएका थिए । सो क्वारेन्टाइनमा...
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिए।
उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।
उनलाई जेठ १५ केएमसीबाट थप...
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।
भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार...











