हिन्दु स्वयमसेवक संघ ग्रेटर नेपालको मागगर्दै

हिन्दू स्वयमसेवक संघ नेपाल विश्वको सबभन्दा ठुलो हिन्दू संगठन राष्ट्रिय स्वयम्सेवक संघ(आरएसएस)को विश्व विभागअन्र्तगतको नेपालस्थित एक शाखा संगठन हो । आरएसएसका विश्वभरी ३५ भन्दा बढी देशमा यस्ता खाले शाखा संगठनहरु छन् । ती शाखा संगठनहरुको नेतृत्व गर्न प्रायजसो आरएसएसले नै भारतीय नागरिकहरुलाई विभिन्न देशमा पठाउने गर्दछ । नेपालमा पनि हिन्दू स्वयमसेवक संघको  नेतृत्वमा नेपाली र भारतीय नागरिक दुबै छन । भारतीय नागरिक वेद प्रकाश, रेवित कुमार र दिपक अधिकारीलाई क्रमशः राष्ट्रिय प्रचारक, सह–राष्ट्रिय प्रचारक र प्राज्ञिक विद्यार्थी परिषद्को संगठनको मन्त्रीको रुपमा नेपालमा खटाइएको छ । 
हाल कालापानी, लिपुलेक र लिम्पूराधारालाई लिएर नेपाल र भारतबीच सिमा विवाद उठिरहेको बेला उहाँहरु भारतीय नागरिक भएकोले भारतलाई साथ दिने र संघलाई भारतको एजेण्डाअनुसार चलाउँछन् भनेर कतिपयलाई लाग्न सक्छ । तर उहाँहरु भारतीय भएपनि उहाँहरुको कर्म क्षेत्र नेपाल भएकोले उहाँहरु भारतभन्दा पनि नेपालको स्वधिनताको पक्षमा उभिनुभएको छ ।  ुन्दा अचम्म लाग्ला तर यो सत्य हो । संघ एउटा यस्तो महान संगठन जसले जो जुन देशमा बस्छ्, उसलाई त्यहीँ देशको हकहितको लागि कार्य गर्न अभिप्रेरित गर्छन् । संघको मूल लक्ष्य नै देशभक्त र असल चरित्र भएका नागरिक निर्माण गर्नु हो । 
उहाँहरुको नेपालप्रति भाव संघका कार्यकर्ताहरुले गरेको गेट्रर नेपालको माँगबाट झल्किन्छ । संघका कार्यकर्ताहरुले एक देशभक्त फणिन्द्र नेपालको गे्रटर नेपालको एजेण्डामा एकै स्वरमा समर्थन गरेका छन् । दिपक अधिकारी नेतृत्वको संघको  एक भगिनी संस्था नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धान एवम् प्रशासन प्रमुख सन्तोष आर्चाय लेख्छन् – नेपालले नक्सा नै छापेपछि लिम्पीयाधुरा, कालापानी र लिपुलेक मात्र नभई टिस्टा देखी काँगडा समेट्ने गरी गे्रटर नेपालकै नक्सा छाप्नुपथ्र्यौ । उनले फणिन्द्र नेपालसँग गे्रटर नेपालको सबै सवुतप्रमाण रहेको भन्दै सरकारलाई ग्रेटर निर्माणतर्फ अघि बढ्न आग्रह गरेका छन् । यति मात्र होइन् सायद यो संघको राष्ट्रभक्तिको प्रशिक्षण नै नेपाल सरकारले भारतीय नागरिकलाई लक्षित गर्दै विदेशी नागरिकले नेपालमा काम गर्न अनिवार्य रुपले श्रम स्वीकृति लिनु पर्ने ल्याएको  व्यवस्थालाई आफ्नो फेसबुक मार्फत सम्पुर्ण देशवासीलाई यो खुसि खबर प्रवाह गरेका छन् । आर्चायले गणतान्त्रिक व्यवस्थाले देशमा राम्रो नगरेको भन्दै यस व्यवस्थालाई पविर्तन गरी उहाँ पुनः राजतन्त्र फर्किनुको पर्खाईमा रहेको संकेत गरेका छन् । आर्चायको फणिन्द्र नेपालको ग्रेटर नेपाल अभियानलाई सरकारले सहयोग गर्नुपर्ने माँगमा समर्थन जनाउँदै संघका काठामाडौं सम्भागका प्रचारक मुकेश कुमार साहले पनि समर्थन गरेका छन् । 
त्यस्तै, संघको अर्को एउटा भगिनी संस्था विश्व हिन्दू परिषद्का संगठन मन्त्री प्रह्लाद रेग्मीले नेपालको सिमालक्षित गर्दै देशको सिमा आमाको बस्त्र सामान हुनेभएकोले सिमाको रक्षा गर्न सबैलाई आव्हान गरेका छन् । उनको यस आव्हानलाई समर्थन गर्दै  संघका देशभरका कार्यकर्ताहरुले समाजिल सञ्जालमार्फत व्यापक समर्थन जनाएका छन् । 
संघको कार्यकर्ताहरुको राष्ट्रप्रेमले भारतीय नागरिकहरुको संरक्षण र नेतृत्वमा रहेतापनि संघले नेपाली नागरिकलाई नेपाल कै हितमा रही कार्य गर्न अभिप्रेरित गरिहेको प्रष्ट देखिन्छ । त्यसकारण, यस संस्थालाई सबै नेपालीले अंगिकार गरी मात्र नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा हुनसक्ने संघको नेतृत्वले दाबी गर्दै आएका छन् ।