देउवाकी पत्नी आरजु डा. शेखर कोइरालाका विरुद्ध सामाजिक संजालमा तुच्छ रवैयाले देखिइन

प्रमुख विपक्षी दल नेपाली काँग्रेसभित्रको आन्तरिक कलह फेरि सतहमा आएको छ । पार्टीकी केन्द्रीय नेतृ समेत रहेकी सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले केन्द्रीय सदस्य तथा सभापतिका भावी प्रत्यासी मानिएका डा. शेखर कोइरालाका विरुद्ध सामाजिक संजालमा देखाएको तुच्छ रवैयाले पार्टीको कलह सतहमा ल्याएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको असली मसिहा आफूलाई मात्र ठान्ने/मान्ने काग्रेसका वहालवाला सभापति तथा चार पटक प्रधानमन्त्री भइसकेका व्यक्तित्वकी पत्नी श्रीमती डा. आरजुले प्रखर नेता कोइइरालालाई नै राष्ट्रघातीको संज्ञा दिएपछि यसले एकातिर पार्टीको अन्तरकलहलाई सडकमा छताछुल्ल पारेको छ भने अर्कोतिर श्रीमती आरजुको उचाइको निम्नस्तरलाई झल्काएको छ ।

पार्टीका औपचारिक फोरमहरुमा निश्चित विधि र पद्धति मार्फत फरक मत राख्नेहरु विरुद्ध तार्किक कटाक्ष गर्नुपर्नेमा देउवा पत्नी डा. आरजुले सभापति र पार्टीकै नाक काट्ने र आफ्नै धोती खुस्कने स्तरमा तुच्छ व्यवहार देखाएकी छिन् । 

देउवा पत्नी आरजुले सामाजिक संजालमा प्रभावशाली नेता कोइराला विरुद्ध आएको तथ्यहीन समाचारलाई शेयर गरेर काँग्रेस पार्टीको कथित लोकतान्त्रिक नारा र मान्यताकै खिल्ली उडाएको छ भने सभापति देउवाको नेतृत्वको असहिष्णु चरित्र र व्यवहारको पनि पराकाष्ठा देखाएको छ । 

कामकुरो एकातिर पूर्वाग्रह राखी आफैं नाँगै हुँदै आलोचकहरुप्रति कटाक्ष गर्न आफ्नो र पतिको हैसियत भुुलेर मैदानमा उत्रेकी श्रीमती डा. आरजुले पार्टी र देशले बहस गर्नुपर्ने गंभीर अवस्थालाई नजरअन्दाज गर्दै आफ्नो कुण्ठा सार्वजनिक गरेकी छिन् । नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्नेदेखि कोरोना संक्रमणको विरुद्धमा लाग्नुपर्ने बेलामा सभापति पत्नी डा. आरजुले त्यस्तो नेतामाथि प्रहार गरेकी छिन् जसको तुलना उनी स्वयंसँग हुनै सक्दैन ।
देशभर आफ्नै नेटवर्क बनाएका, पार्टीभित्र र बाहिर सबैका लागि सहज र सजिला नेता तथा काँग्रेसभित्र कोइराला वंशका एक धरोहर मानिएका डा. शेखर कोइराला पार्टीभित्र सगरमाथा हुन् भने डा. आरजु पतिको निगाहाले राजनीतिमा जबर्जस्त उदाएकी आयातित नेतृ हुन । आफैमा पूर्ण चिकित्सक समेत रहेका शेखर मुलुकको लोकतान्त्रिक आन्दोलनका एक जुझारु पात्र हुन भने डा. आरजु सभापति देउवासँग जीवन संगिनी बनेपछि राजनीतिमा भित्रिएकी चैते काँग्रेसी मानिन्छिन् । तर, अहिले बन साँग्लोले घर साँग्लो खान्छ भने झैं डा. आरजु अहिले शेखर कोइराला स्तरका खाँटी काँग्रेस नेतृत्वको लिगेसीलाई विचारले नसकेपछि कुण्ठा र आरोपले गलत साबित गर्न उद्दत भएकी छिन् । कृष्णप्रसाद कोइरालाका नाति, वीपी, जीपी कोइरालाका भतिज तथा केेेशब र नोना कोइरालाका छोरा शेखर आफैं पनि आन्दोलनमा सक्रिय सहभागी हुन । उनका पिताले पञ्चायतकालमा साँढे आठ वर्ष जेल बिताउँदा आरजुका माता पिता पञ्चायतलाई टिकाउने अभियानमा सक्रिय थिए । आरजुकी आमा अहिले पनि पूर्व पञ्चको पार्टीको कोटामा जापानमा राजदुत छिन । 

दर्जनौं भ्रष्टाचार र आर्थिक अनियमितताका काण्डहरुमा मुछिएकी डा. आरजुले एक त शेखर स्तरका नेतालाई झम्टनै सुहाउँदैन भने अर्कोतिर महाधिवेशनको पूर्वसन्ध्यामा यसरी सभापतिकै पत्नी शेखर स्तरका नेतालाई कथित राष्ट्रघाती देखाउन नाँगै सडकमा निस्कनुले देउवा पक्षको पेलाई र वौद्धिक दरिद्रतालाई छताछुल्ल पारेको छ ।
 
काँग्रेसका भावी सभापतिका प्रत्यासी समेत मानिएका डा. शेखरले हालसम्म कुनै पनि राष्ट्रघाती काम गरेका प्रमाण छैनन् भने उनले कुनैै पनि काण्डहरुमा बिवादित पनि हुनु परेको छैन ।

वेदाग छविका हक्की र मिलनसार नेता डा. शेखरलाई नाँगो बनाउने नाममा बेतुकका आरोपका साथ हैसियत बिर्सेर सामाजिक संजालमा नकारात्मक समाचारलाई शेयर गर्ने डा. आरजुको निम्न कोटीको व्यवहारले अन्ततः  डा. शेखरकै राजनीतिक र नैतिक उचाइ बढाएको छ भने सभापति देउवाको असफल नेतृत्वकाल र संस्थापन पक्षको राजनीतिलाई फेरि एकपटक धुलोमा मिलाइदिएको छ । 

उनले शेयर गरेको समाचारलाई चौतर्फी विरोध भएपछि उनले पछि हटाएकी छिन् । 

सामाजिक संजालमा भएका प्रतिनिधि आलोचनाहरु पनि पढ्नुहोस,

देउवा पत्नी आरजुले शेयर गरेको समाचार


शेषसैय्या कुमार बिस्ट

Admin · 1 hr

शेरबादुर देउवा पत्नीको कुबुद्दी देखेर दया लागेर आयो । पार्टीको हरेक निर्णयमा आफू स्थापित हुन आफ्ना पति लाई जुनसुकै हदसम्म पनि गिराउने र आफू स्थापित हुनको लागि पार्टीको विधान विपरीत जाने आर्जुलेले डा.शेखर कोइराला लाई लगाएको आरोपको कुनै औचित्य छैन । किनकि काँग्रेसका आम कार्यकर्ता ले डा.शेखर कोइरालाको मूल्याङ्कन गरिसकेका छन ।
आफू खुल्लमखुल्ला लुट मच्चाउदै हिड्ने अनि आरोप अरुलाई लगाउने ??