नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ ।
पार्टी...
नेपाल विद्युत् प्राधिकरको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने तयारी अघि बढाएको छ।
सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानु पर्ने कानुनी व्यवस्था छ। उक्त प्रावधानअनुसार बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन्।
कोरोनाले संक्रमण बढे पनि सरकारले पिसिआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको देउवाको आरोप छ।
‘सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ,’ बीपीको १०७ औं...
सरकारले सरकारी अस्पात नभएका ६४९ वटा स्थानीय तहमा कम्तीमा पाँच शैयाको अस्पताल बनाउन दश लाखका दरले पैसा निकासा गरेको छ।
कोरोना महामारीलाई रोक्न कोरोना रोकथाम तथा उपचार कोषको सिफारिसअनुसार संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पैसा निकासा गरेको हो।
मन्त्रालयले प्रतिबेड...
देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बदली भएको हो ।
हाल...
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ।
साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो।
मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसहितको...
सरकारले अदालतको आदेश मान्दैन भने त्यस्तो सरकार स्वच्छाचारी हुँदै फासीवादी बन्छ । यदि अदालतले जो कोही नागरिक (विदेशी समेत) लाई रिहा गर्ने आदेश दिएपछि पुनः अदालतको ढोकाबाट गिरफ्तार गर्नु र वन्दीलाई विभिन्न जिल्ला घुमाएर मुद्दा लगाउनु प्रजातान्त्रको मानक होइन
हिजो...
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् ।
उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...
रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भीक परीक्षणले देखाएको उल्लेख गरेका छन् ।
मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा...
ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ।
ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए।
स्थानीयहरुले निषेधाज्ञा तथा...











