सबै स्थानीय तहमा अस्पताल बनाउन दश लाखका दरले पैसा निकासा

सरकारले सरकारी अस्पात नभएका ६४९ वटा स्थानीय तहमा कम्तीमा पाँच शैयाको अस्पताल बनाउन दश लाखका दरले पैसा निकासा गरेको छ।

कोरोना महामारीलाई रोक्न कोरोना रोकथाम तथा उपचार कोषको सिफारिसअनुसार संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पैसा निकासा गरेको हो।

मन्त्रालयले प्रतिबेड दुई लाखका दरले छिटो अस्पताल सञ्चालनमा ल्याउन पैसा पठाएको हो। पठाइएको रकम बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एकजना डाक्टर, दुईजना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ मापदण्ड तोकिएको छ।

कार्यप्रगतिका आधारमा तीन महिनापछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ।