नेकपा स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ।

साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो।

मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।