अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको छ ।
समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको बताए...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदलाई दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न निर्देशन दिएका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता...
बुधबार नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुने भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार बिहीबार बिहान शपथ ग्रहणका लागि तयारी गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा...
सांसद सानु शिवा पहाडीको निधन भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार बिहान उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो।
उनको केही वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले...
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत चारजना कर्मचारीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएपछि कार्यालयका काम बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कार्यालयका चारजनामा कोरोना पोजिटिभ देखिएपछि बुधबारदेखि प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो।
‘बुधबारबाट...
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्दै तय गरिएको बैडक अन्ततः स्थगित भएको छ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुमध्ये कालिकोटका कुर्मराज शाहीलाई दलको सचेतक, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ४ सय ७३ जना कोरोना संक्रमित...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले आइतबार संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई हस्ताक्षर बुझाएका हुन्।
प्रमुख सचेतक शाहका...
सिन्धुलीः नेकपा सिन्धुलीको पार्टी सदस्या सम्बन्धी समस्या समाधान गर्नका लागि पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्दैछ । पार्टी स्थायि समिति सदस्य हरिवोल गजुरेल, केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी, केन्द्रीय सदस्य उमा कोइराला, कमलजंग राई, जिल्ला...
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् ।
डा. शन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने...










