बिहानको बैठकले क्रियाशिल सदस्यको टुगो लगाउन नसकेपछि फेरी नेकपा सिन्धुलीको बैठक बस्दै


सिन्धुलीः नेकपा सिन्धुलीको पार्टी सदस्या सम्बन्धी समस्या समाधान गर्नका लागि पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्दैछ । पार्टी स्थायि समिति सदस्य हरिवोल गजुरेल, केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी, केन्द्रीय सदस्य उमा कोइराला, कमलजंग राई, जिल्ला अध्यक्ष राजन दाहाल र पार्टी सचिव प्रदीप कटुवाल, प्रदेश कमिटी सदस्य खड्ग खत्री, कौशल कोइरालालगायतका नेताहरु सम्मिलित बैठकले तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेबाट अलग अलग रुपमा पेश भएका पार्टीका क्रियाशिल सदस्यहरुको नामावलीलाई अन्तिम टुंगोमा लैजाने बताइएको छ । पार्टी एकताको लामो समय बितिसक्दा पनि सिन्धुली नेकपाले क्रियाशिल सदस्यता सम्बन्धी जारी बिवाद टुंगो लगाएको थिएन ।
आज बिहान सदस्या सम्बन्धी बिवाद समाधानका लागि स्थायी समिति सदस्य हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य, इन्चार्ज र सह इन्चार्ज सम्मिलित बैठक बसेको थियो । तर सो सो बैठकबाट कुनै पनि निश्कर्ष ननिस्किएको एक केन्द्रीय सदस्यले बताए ।

नेकपा सिन्धुलीका सचिव प्रदीप कटुवालले दिएको जानकारी अनुसार पार्टी केन्द्रको निर्देशन अनुसार क्रियाशिल सदस्यताको बिबरण टुंग्याएर पठाउन लागिएको हो । सदस्या सम्बन्धी बिवाद ठूलो नभएपछि केही समस्याहरु देखिएकाले त्यसलाई सामुहिक रुपमा हल गर्न लागिएको नेता कटुवालले जानकारी दिए ।
बिहान बसेको बैठकले सदस्याता सम्बन्धी विषयलाई टुंगोमा लैजान नसकेपछि भखैरै मात्रै केन्द्रीय र प्रदेश किमिटी सदस्यहरुको संयुक्त बैठक पार्टी कार्यालयमा बसिरहेको छ ।