मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्दै तय गरिएको बैडक अन्ततः स्थगित भएको छ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुमध्ये कालिकोटका कुर्मराज शाहीलाई दलको सचेतक, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटाका करवीर शाहीलाई मन्त्री बनाउन मुख्यमन्त्री शाही सहमति भएको नेपाल समूहका सात जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका छन्।
मगंलबार बालुवाटारमा छलफलमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच उक्त सहमति बनेपछि सोही अनुसारको निर्देशन कर्णाली प्रदेशमा गइरहेको छ।
मुख्यमन्त्री शाहीविरुद्ध आइतबार नेकपाका १८ जना सासंदहरुले अविस्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि मुख्यमन्त्री शाहीले दलका प्रमुख सचेतक ओली निकट गुलाबजंग शाहलाई निलम्बन गरी उनको स्थानमा सिता नेपालीलाई नियुक्त गरेका थिए।